Monday, October 12, 2020

संसदीय प्रक्रिया र संघीय प्रणाली विषयगत प्रश्नोत्तर क्रमशः........ (शाखा अधिकृत चतुर्थ पत्र)

 

६. संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा गठनका आधारहरु उल्लेख गर्दै नेपालको कर्मचारी समायोजन प्रक्रियाको समीक्षा गर्नुहोस् । (Outlining the basics of government service formation at the union, state and local levels and review Nepal's staff adjustment process.) (5+5=१०) 

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा गठनका आधारहरु

सरकारले तय गरेका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने निश्चित विधि, पद्धति, मापदण्ड र कानूनका आधारमा गठन गरिएको प्रशासनिक संरचनालाई सरकारी सेवा भनिन्छ ।

नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय संरचना रहेको छ । यी तीनवटै तहहरुमा सरकारी सेवा गठन गर्ने विभिन्न आधारहरुको व्यवस्था गरिएको छ । सरकारी सेवा गठनका कानूनी आधारहरुमा नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र कर्मचारी समायोजन ऐन, २०७५ मा भएका व्यवस्थाहरु प्रमुख छन् । नेपालको संविधानको धारा २८५ अनुसार नेपाल सरकारले देशको प्रशासन सञ्चालन गर्न संघीय निजामती सेवा र आवश्यकताअनुसार अन्य सेवाको गठन गर्न सक्ने व्यवस्था छ । संघीय सेवाको गठन, सेवाको सर्त र सेवामा पदपूर्ति संघीय कानुनबमोजिम हुने तथा प्रदेश सरकारहरु र स्थानीय तहहरुले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था रहेको छ। धारा ३०२ अनुसार प्रदेश र स्थानीय तहमा आवश्यक सेवा प्रवाह गर्न नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने र संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने व्यवस्था रहेको छ । संविधानमै संघीय सुरक्षा संगठनहरु र प्रदेश प्रहरी संगठनको स्थापना गर्ने व्यवस्था समेत रहेको छ ।

कर्मचारी समायोजन ऐनले तीनै तहमा कर्मचारी समायोजनका आधार र समायोजित कर्मचारीको सेवाका शर्त सम्बन्धमा व्यवस्था गरेको छ भने स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहमा सरकारी सेवा गठनको आधारका सम्बन्धमा थप व्यवस्था गरेको छ ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरु तीनै तहमा सरकारी सेवा गठनका संस्थागत आधारमा रुपमा रहेका छन् । संघीय सरकारी सेवाका पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्दा लोक सेवा आयोगको सिफारिस तथा लिखित परीक्षा सिफारिसका आधारमा मात्र गर्ने व्यवस्था छ । प्रदेश र स्थानीय तहहरुमा पदपूर्ति गर्दा प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा गर्ने उद्देश्यका साथ प्रदेश लोक सेवा आयोग गठन हुने व्यवस्था गरिएको छ । लोक सेवा आयोगले निजामति सेवाका शर्त, यस सेवामा हुने सरुवा, बढुवा तथा विभागीय कारवाही लगायतका विषयहरुमा परामर्श दिने व्यवस्था समेत गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा सरकारी सेवा सञ्चालनका उल्लिखित कानूनी र संस्थागत आधारहरु रहेका छन् । सबै तहहरुमा निजामती सेवा गठनका आधारभूत मापदण्ड निर्धारण गर्ने तथा संघीय निजामति सेवाका सम्बन्धमा व्यवस्था गर्ने विधेयक संसदमा विचाराधीन अवस्थामा रहेको छ भने प्रदेश र स्थानीय तहका सरकारी सेवा सम्बन्धी ऐनहरु समेत बनी नसकेको देखिन्छ ।

नेपालमा कर्मचारी समायोजन प्रक्रिया

हाल नेपालमा तीनवटै तहमा कर्मचारी समायोजन गरिएको  छ । संविधानको धारा ३०२ मा भएको व्यवस्था अन्तर्गत कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम राष्ट्रसेवक कर्मचारीहरुलाई तीन वटै तहमा समायोजन गरिएको हो । कर्मचारी समायोजन गर्दा मूलतः पदगत ज्येष्ठता, कार्यरत कार्यालय, उमेरको ज्येष्ठता र स्थायी ठेगानालाई आधार बनाइएको छ । निजामति सेवा, संसद सेवा र स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारी सेवा र स्थानीय निकायका कर्मचारी तथा विभिन्न संगठित संस्थाका कर्मचारीहरुलाई अन्य सेवाका कर्मचारीका रुपमा समायोजन गरिएको छ । यसरी समायोजन हुँदा सरकारी सेवाका कर्मचारीहरु तीन वटै तहमा र अन्य सेवाका कर्मचारीहरु स्थानीय तहमा मात्र समायोजन भएका छन् ।  

कर्मचारी समायोजनका लागि संघमा करिब ४८ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार दरबन्दी निर्धारण गरिएको थियो । यी दरबन्दीहरुमा संघमा ४८ हजार ४ सय ९ जना, प्रदेशमा २२ हजार ७ सय ९७ जना र स्थानीय तहमा ६६ हजार ९ सय ८ जना गरी कूल १ लाख ३५ हजार भन्दा बढी कर्मचारी समायोजन गरिएको छ भने केही कर्मचारीहरु फाजिलमा परेका छन् ।

कर्मचारी समायोजनबाट तीनवटै तहको सेवा प्रवाहमा सहजता आएको छ । साविकमा केन्द्रबाट काजमा खटाइका कर्मचारीबाट प्रदेश र स्थानीय तहमा सेवा प्रवाहको व्यवस्था मिलाइएकोमा केन्द्रप्रति नै उत्तरदायी हुने प्रवृत्ति रहेको थियो । हाल आफ्नै कर्मचारी भएका कारण प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारी तद्तद् सरकारप्रति उत्तरदायी भई काम गरिराखेका छन् । प्रदेशका विशिष्ट श्रेणीका पदहरु तथा स्थानीय तहका प्रशासकीय प्रमुखमा केन्द्रबाट कर्मचारी खटाइने व्यवस्था रहेको छ । तीनै तहका बीच समन्वय कायम गर्नका लागि यो व्यवस्था गरिएको देखिन्छ । प्रशासकीय प्रमुख अर्को तहबाट खटाइँदा सम्बन्धित तहप्रति नै उत्तरदायी हुने कारणले काम गरिराखेको सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुन सक्ने भएकाले संघीयताको मर्म अनुरुप सम्बन्धित तहकै कर्मचारी प्रशासकीय प्रमुख हुने व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

नेपालमा अवलम्बन गरिएको कर्मचारी समायोजन स्वैच्छिक र बाध्यात्मक दुवै खालको रहेको छ । प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीका लागि तहगत वृद्धि र ग्रेड सुविधाको व्यवस्था गरिएको छ । यिनै तहमा समायोजन भएका स्वास्थ्य सेवा तथा अन्य सेवाका कर्मचारीहरुका लागि भने यस्तो सुविधाको व्यवस्था छैन । उनीहरुका लागि समेत थप सुविधाको व्यवस्था गरिनु वाञ्छनीय देखिन्छ । प्रदेश र स्थानीय तहमा सम्बन्धित सेवा सम्बन्धी कानूनको अभावका बीच समायोजन गरिएकाले कतिपय कर्मचारीमा बाध्यात्मक रुपमा समायोजन भएको अनुभूति रहेको छ । त्यस्ता कर्मचारीहरुको मनोबल उच्च बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि संघीय निजमती सेवा तथा सम्बन्धित तहको सेवा सम्बन्धी कानून छिट्टै बनाउनुका साथै त्यसमा एक तहबाट अर्को तहको सेवामा प्रवेश गर्न सक्ने आधारको र वृत्ति विकासका अन्य अवसरहरुको सुनिश्चतता हुने व्यवस्था राख्नु आवश्यक देखिन्छ ।

नेपालमा कर्मचारी समायोजनका लागि दरबन्दी निर्धारण गर्दा कार्यबोझ तल्ला तहहरुमा रहेको तर केन्द्रमा ठुलो संख्यामा दरबन्दी राखिएको भनेर आलोचना भएको पाइन्छ । तसर्थ कार्यबोझका आधारमा संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्नु आवश्यक छ । जनताको घरदैलोको सरकारका रुपमा रहेका स्थानीय तहहरुमा पर्याप्त प्राविधिक तथा अप्राविधिक जनशक्तिको व्यवस्था गरी सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन सकेमा मात्र कर्मचारी समायोजनले पूर्णता पाउने देखिन्छ ।

Thursday, October 8, 2020

ब्रह्माण्ड सम्बन्धी महत्त्वपूर्ण र संक्षिप्त जानकारी

ब्रह्माण्ड सम्बन्धी जानकारी

ब्रह्माण्ड भनेको संसार हो । जहाँ प्रकृति, अन्तरिक्ष र समय, पदार्थ र ऊर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि चलेको छ । ब्रह्माण्डभित्र सम्पूर्ण आकाश गंगा (Galaxy), तारा, ग्रह, उपग्रह आदि अटाएका छन् । ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई कस्मोलोजी (Cosmology) भनिन्छ ।

सौर्यमण्डलः सूर्य, ग्रह, उपग्रह, तारा

ब्रह्माण्डमा लाखौं करोडौं ताराहरू मिली बनेका तारापुञ्जहरू हुन्छन् । सूर्य एउटा तारा हो र सूर्यलाई प्रमुख तारा मानी त्यसकै वरिपरि रही ग्रह, उपग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्ने प्रणालीलाई सौर्यमण्डल भनिन्छ । ब्रह्माण्डमा जसरी तारा र तारापुञ्जहरु धेरै हुन्छन् त्यसरी नै अन्य प्रमुख ताराका सौर्यमण्डल पनि धेरै हुन सक्छन् । वैज्ञानिकहरुले अन्य थुप्रै ताराका सौरपरिवारबारे पत्ता लगाएका छन् । हाम्रो सबैभन्दा नजिकको अर्को सौर परिवार ''प्रोक्सिमा सेन्टउरी'' (Proxima Centauri) हो । तर सबैभन्दा प्रसिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन् । पृथ्वी रहेको छ । पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ । अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन् । सौर्यमण्डलको बिचमा सूर्य रहेको छ । सूर्यको वरिपरि पृथ्वी लगायतका ग्रह, उल्का पिण्डहरु आदिले परिक्रमा गर्दछन् भन्ने कुरा पोल्याण्डका वैज्ञानिक निकोलस कोपर्निकसले सन् १५४३ मा पत्ता लगाएका हुन् । 

सूर्य

सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको सबैभन्दा ठुलो तारा हो । यसको चारैतिर पृथ्वी लगायत अन्य ग्रह, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले परिक्रमा गर्दछन् । सूर्यको व्यास लगभग १३ लाख ४९ हज़ार किलोमिटर छ जुन पृथ्वीभन्दा लगभग १०९ गुणा बढी हो । सूर्यको संरचना करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्‍हौं पदार्थहरु क्रमशः अक्सिजन, कार्बन, फलाम, निकेल, सिलिकन, सल्फर, मेग्नेसियम, नियोन, क्यल्सियम, क्रोमियम मिली बनेको छ । सूर्यको शक्ति न्युक्लियर फ्यूजन (Nuclear Fusion) को प्रक्रियाबाट उत्पन्न भएको हो । सूर्यबाट उत्पन्न ऊर्जाको २९ प्रतिशत अन्तरिक्षबाट परावर्तित हुन्छ, २३ प्रतिशत वातावरणले शोषेर लिन्छ र ४८ प्रतिशत मात्र पृथ्वीमा आइपुग्छ । पृथ्वीमा आएको मध्ये १७ प्रतिशत विकिरणका रुपमा अन्तरिक्षमा परावर्तित हुन्छ र २५ प्रतिशत पानीलाई वाफ बनाउने काममा प्रयोग हुन्छ । ५ प्रतिशत हावाका माध्यमबाट परावर्तित हुन्छ ।केही ऊर्जा रुख, वनस्पति तथा समुद्रले शोषेर लिन्छन् । वातावरणले शोषेर लिएको ऊर्जा समेत तीन वटै प्रक्रियाबाट अन्तरिक्षमा परावर्तित हुन्छ । सूर्यको आयू करिब ४ अर्ब ६० करोड वर्ष रहेको अनुमान गरिन्छ।

सूर्य र पृथ्वीका बिचको औसत दूरी १४ करोड ८८ लाख किलोमिटर छ । सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनट २० सेकेण्ड समय लाग्दछ सूर्यले पूर्वबाट पश्चिमतिर २७ दिनमा आफ्नो अक्षमा एक परिक्रमा गर्दछ । जसरी पृथ्वी र अन्य ग्रह सूर्यको परिक्रमा गर्दछन् । त्यसैप्रकार सूर्यले पनि आकाशगंगाको केन्द्र (Galactic center) को परिक्रमा गर्दछ । यो परिक्रमा गर्न २२ देखि २५ करोड़ वर्ष लाग्ने गर्छ । यसलाई एक निहारिका वर्ष (Cosmic Year) भनिन्छ । यसको परिक्रमा गर्ने गति २५१ किलोमिटर प्रति सेकेंड छ । सूर्यको प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छप्रकाशले एक सेकेण्डमा तीन लाख कि.मि. दुरी पार गर्छ । एक प्रकाश वर्ष भन्नाले ९५ खर्ब कि.मि. दुरी बुझिन्छ ।

सूर्यको केन्द्रको तापक्रम १ करोड ५० लाख डिग्री सेन्टिग्रेट छ । जबकि यसको देख्न सकिने सतहको तापक्रम ५,५४० डिग्री सेन्टिग्रेट मात्र छ । सूर्य पृथ्वीको सबैभन्दा नजिकको तारा हो । वेद र पुराणमा सूर्यलाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ । नवग्रहमध्ये सूर्यलाई विशेष मान्यता दिइएको छ । सूर्यलाई शनिको पिता मानिएको छ ।

ग्रह

सूर्यको वरिपरि परिक्रमा गर्ने र सूर्यको प्रकाशबाट चम्किने पिण्डहरूलाई ग्रह भनिन्छ । ग्रहहरुले सूर्यको वरिपरि परिक्रमा गर्ने मार्गलाइ कक्ष (Orbit) भनिन्छ र परिक्रमा गर्ने कार्यलाइ परिक्रमण (Circulation) भनिन्छ । ग्रहहरु एउटा काल्पनिक मार्गमा आफैमा घुम्ने गर्दछन् । आफैमा घुम्ने मार्गलाइ अक्ष (Axis) भनिन्छ र आफैमा घुम्ने कार्यलाइ परिभ्रमण (Rotation) भनिन्छ । १ सेप्टेम्बर, २००६ मा यमलाई ग्रहको सूचीबाट हटाइएपछि हाल सौर्यमण्डलमा ८ वटा ग्रहहरू रहेका छन् । ती ग्रहहरूको संक्षिप्त विवरण तलको तालिकामा दिइएको छ ।

ग्रह

व्यास (कि.मि.)

सूर्यबाट दुरी (कि.मि.)

सूर्यलाई परिक्रमा गर्न लाग्ने समय

आफ्नो अक्षमा घुम्न लाग्ने समय

परिक्रमण गति

उपग्रह

विशेषता

१. बुध (Mercury)

,९६०

५ करोड ७६ लाख

८८ दिन

 

४८ कि.मि./से.

 

२. शुक्र (Venus)

१२,३२०

10 करोड ७६ लाख

२२५ दिन

२४३.०२ दिन

३५ कि.मि./से.

पृथ्वीको जुम्ल्याहा ग्रह

३. पृथ्वी (Earth)

१२,७५६

१४ करोड ८८ लाख

३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ से.

२३ घण्टा ५६ मिनेट ४.०९ से.

२९.७८ कि.मि./से.

 

4. मंगल (Mars)

,७२०

२२ करोड ५६ लाख

६८७ दिन

२४ घण्टा ३७ मि. २२ से.

२४ कि.मि./से.

रातो ग्रह  (Red Planet)

५. वृहस्पति (Jupiter)

,४२,६८७

७७ करोड ७२ लाख

१२ वर्ष

९ घण्टा ५५ मि. ३० से.

१३ कि.मि./से.

६७

ग्रहहरूको राजा (King of Planets)  

६. शनि (Saturn)

,१३,६००

१ अर्ब ६२ करोड ९४ लाख

२९ वर्ष

१० घण्टा १४ मि.

१० कि.मि./से.

६२

सुन्दर ग्रहYellow Planet 

७. अरुण (Uranus)

५१,२००

२ अर्ब ८७ करोड ५० लाख

८४ वर्ष

१७ घण्टा १४ मि.

६.४ कि.मि./से.

२७

हरित ग्रह

असफल ग्रह

८. बरुण (Neptune)

४८,०००

४ अर्ब ४९ करोड ७० लाख ७० हजार

१६४ वर्ष

१६ घण्टा

५.६ कि.मि./से.

१४

जलदेवताको   ग्रह

माथिको तालिकाबाट ग्रहहरु सम्बन्धी आधारभूत जानकारी हासिल गर्न सकिन्छ । जस्तो दोश्रो ठाडो पंक्तिमा ग्रहहरुको व्यास दिइएको छ । व्यासका आधारमा ग्रहहरुको सानोदेखि ठुलो र ठुलोदेखि सानो क्रम मिलाउन सकिन्छ । बुध सबैभन्दा सानो र वृहस्पति सबैभन्दा ठुलो ग्रह रहेको देखिन्छ । तेश्रो ठाडो पंक्तिमा सूर्यबाट ग्रहको दुरी दिइएको छ । यसबाट सूर्यबाट टाढा र नजीकको क्रम मिलाउन सकिन्छ । सूर्यबाट बुध सबैभन्दा नजीक र बरुण सबैभन्दा टाढा रहेको देखिन्छ । एवं रीतले अन्य विषयहरु समेत यसै तालिकाबाट अध्ययन गर्न सकिन्छ । ग्रहहरुका केही खास विशेषताहरुसम्बन्धी जानकारी तल दिइन्छ । ती बाहेक ग्रहहरुसम्बन्धी आधारभूत जानकारी भनेको उपरोक्त तालिका नै हो । तपाईंहरुले तलको चित्रबाट समेत ग्रहको स्थितिसम्बन्धी बिम्ब आफ्नो स्मरणमा राख्न सक्नु हुन्छ ।




बुध 

एकातर्फ अति तातो र अर्को तर्फ अति चिसो ग्रह बुध हो ।

शुक्र

Evening star Morning star को उपनामले चिनिने, Carbon dioxide को वायुमण्डल भएको, सबैभन्दा चम्किलो र तातो ग्रह (४०० डिग्री से.) शुक्र हो । शुक्र ग्रहलाई Planet of Mystery, Goddess of love and beauty पनि भनिन्छ । पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह शुक्र हो

पृथ्वी 

जीवित जीवन रहेको एकमात्र ग्रह पृथ्वी हो

मंगल 

हालसम्म सबैभन्दा बढी अनुसन्धान गरिएको ग्रह मंगल हो । मंगल ग्रहका २ वटा उपग्रह फावोस र डिमोस रहेका छन् । सौर्य मण्डलको सबैभन्दा अग्लो पर्वत Olympus Mons मंगल ग्रहमा रहेको छमंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ्ग-१ (सन् १९७६) हो ।

बृहस्पति 

सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह गेनिमेड वृहस्पति ग्रहको उपग्रह हो । 

शनि 

वायुमण्डल घेरा Ring ले घेरिएको ग्रह शनि हो  टाटन शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह हो  ।शनि ग्रहलाई पत्ता लगाउने बैज्ञानिक ग्यालिलियो हुन् 

अरुण 

यस ग्रहमा औषत तापक्रम -195 डिग्री सेन्टिग्रेड रहेको छ । अरुण ग्रहको नाम रोमन देवता शनिका पिताको नामबाट राखिएको हो । यो ग्रहको रङ आकाशे नीलो रङको रहेको छ । 

बरुण 

बरुण सबै भन्दा चिसो ग्रह हो । यसको तापक्रम -201 डिग्री सेन्टिग्रेड रहेको छ । बरुण ग्रहले सन् १८४८ मा शुरु गरेर सन् २०११ मा सूर्यको १ पटक परिक्रमा गरेको छ । आफ्ना उपग्रहहरूले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह बरुण हो ।

  • अरुण र बरुण दुवै ग्रहको वायूमण्डलमा मिथेन ग्याँस रहेको छ ।
  • बुध, शुक्र, पृथ्वी र मंगल भित्री ग्रह हुन् भने बृहस्पति, शनि, अरुण र बरुण बाहिरी ग्रह हुन् ।
  • भित्री ग्रहमा मात्र ठोस धरातल छ । बाहिरी ग्रहमा ग्याँस धरातल रहेको छ ।

उपग्रह

ग्रहहरुको परिक्रमा गर्ने आफ्नो प्रकाश नभएका कारण सूर्यको प्रकाशबाट चम्किने आकाशीय पिण्डलाई उपग्रह भनिन्छ । सौर्यमण्डलमा १६६ वटा ज्ञात प्राकृतिक उपग्रहहरु रहेका छन् । पृथ्वीमा धेरैथरी मानवनिर्मित उपग्रह समेत रहेका छन् । बुध र शुक्र ग्रहका उपग्रह छैनन् । वृहस्पति ग्रहको उपग्रह गेनिमेड सबैभन्दा ठुलो र मंगल ग्रहको उपग्रह डिमोस सबैभन्दा सानो उपग्रह हो । ग्रहहरुका उपग्रहको संख्या माथिको तालिकाबाट अध्ययन गर्न सकिन्छ ।

तारा

ताराहरुको आफ्नै प्रकाश हुन्छ । पुच्छ्रेतारालाई ‘Long haired Star’ भनिन्छ । कुनै ब्यक्तिको जीवनकालमा दुई पटकसम्म देख्न सकिने एक मात्र पुच्छ्रेतारा हेली कमेट हो । पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई सप्तर्षी भनिन्छ । पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा साईरस Dog Star हो । पृथ्वीबाट देखिने सबै भन्दा ठुलो तारा Betelgeuse हो । ताराहरुलाई ज्योतिष शास्त्रमा नक्षत्र भनिन्छ । यिनीहरुको वास्तविक संख्या २७ रहेकोमा दुईटालाई अलिअलि टुक्र्याएर संख्या २८ बनाईएको पाइन्छ । 

  • अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय फ्रान्सको पेरिसमा रहेको IAU (International Astronomical Union) हो । यसको स्थापना सन् १९१९ मा भएको हो ।

पृथ्वी (Earth) ः परिचय, उत्पत्ति र गति

सौर्यमण्डलको एक मात्र जीवन भएको ग्रह पृथ्वी हो । पृथ्वीको आकृति केही चेप्टो अण्डाकार रहेको छ । पृथ्वीको भूमध्यरेखीय व्यास (Diameter ) १२ हजार ७४२ कि.मि. एवं ध्रुवीय व्यास (Polar Diameter )  १२ हजार ७१४ कि.मि. र औसत व्यास (Equatorial Diameter ) १२ हजार ७५६ कि.मि. रहेको छ पृथ्वीको परिधि ४०,०७५ कि.मि. रहेको छ । पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो) र सबैभन्दा होचो स्थान (समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनि मारियाना ट्रेन्च) रहेको छ । पृथ्वीमा अधिकतम् तापक्रम 56.7 डिग्री सेल्सीयस रहेको छ । त्यसकारण यस ग्रहमा जीवन रहेको छ । पृथ्वीको एउटा उपग्रह रहेको छ । जसलाई चन्द्रमा भनिन्छ । यो पृथ्वीवाट केवल ४ लाख कि.मि. टाढा रहेको छ । चन्द्रमाले पृथ्वीलाई २९ दिन १२ घण्टामा एकपटक परिक्रमा गर्न सक्छ । यस अवधिमा प्रतिपदादेखि औंसीसम्मको समय व्यतित हुन्छ । गोलो पृथ्वीको सतहको कूल  क्षेत्रफल ५१ करोड ७२ हजार वर्ग कि.मि. छ । यस क्षेत्रफलको ७०.८ प्रतिशत भाग ठुलठूला महासागरले ओगटेका छन् । महासागरले ओगटेको भागको क्षेत्रफल झण्डै ३६ करोड़ ११ लाख ३२ हजार वर्ग कि.मि. छ । बाँकी १४ करोड़ ८९ लाख ४० हजार वर्ग कि.मि. (२९.२ प्रतिशत) मात्रै जमीन छ । पृथ्वीमा पानीले घेरिएको भाग दक्षिणी गोलार्द्धमा बढी छ ।

पृथ्वीको आन्तरिक संरचना स्थलमण्डल, मध्यमण्डल र केन्द्रमण्डल गरी बनेको छ । हाम्रो पृथ्वीको भित्री केन्द्र भागमा सूर्यको सतह जत्तिकै तातो फलाम लगायतको एशिया महादेश जत्रै ठुलो चापले गर्दा ठोस बनेको विशाल पदार्थ छ । त्यसलाई केन्द्रमण्डल भनिन्छ । त्यसमाथि मध्यमण्डल (Mantle) भनिने अर्को तह छ । जसमा Radioactive Uranium पनि छ । त्यही तहले त्यो भन्दा माथिको सतहको पदार्थलाई पगालेर तरल बनाएको छ  । त्यही पग्लेको तरल पदार्थमाथि केही बिशाल चाक्ला (Plates) हरु तैरिरहेका छन् । त्यसमाथि पृथ्वीको सतह देखि ६० किलोमिटर भित्रसम्मको स्थलमण्डल भागमा हजारौं हजार बर्षसम्म पत्रपत्र जमेर वनेको पत्रे चट्टान पाइन्छ । जहाँमाथि हामी बसोबास गर्दछौं । पृथ्वी सबैभन्दा बढी घनत्व भएको ग्रह हो । पृथ्वीको गर्भभित्र जम्मा भएर रहने तापशक्तिलाई भूतापीय शक्ति (Geothermal Energy) भनिन्छ

पृथ्वीको उत्पत्ति बारे विभिन्न विद्वान तथा वैज्ञानिकहरुले विभिन्न किसिमका विचार व्यक्त गरेका छन् । जसका धार्मिक र वैज्ञानिक दृष्टिकोणहरू छन् । धार्मिक दृष्टिकोण पूर्णरूपले मान्य नभए तापनि वैज्ञानिक दृष्टिकोण केही मात्रामा सत्यको नजीक देखिन्छन् । हिन्दु धर्मशास्त्रमा पृथ्वीको उत्पत्ति ब्रह्माले गरेको भनी उल्लेख गरिएको छ । फोनेसियाका निवासीहरू पृथ्वीको उत्पत्ति सूर्यले तयार पारेको गोलो वस्तुवाट भएको मान्दछन् । मिश्रका प्राचिन वासिन्दाहरू शु“ नामको देवताले समुद्रबाट निस्केको फूललाई दुई भाग गरी स्वर्ग र पृथ्वीको सृष्टि गरेको मान्दछन् । पृथ्वीको उत्पत्ति सम्बन्धमा कान्टको वायवीय राशी सिद्धान्त (The Gaseous Theory), जेम्स जिन्सको ज्वारीय सिद्धान्त (The Tidal Theory), अटो स्मिडको  इन्टर स्टेलर  धुलीय  सिद्धान्त (Otto Schmidst’s Inter Stedlor Dust Hypothesis), बफनको धूमकेतु-सूर्य टकराव सिद्धान्त (Comets Collision with the Sun Theory) आदि प्रचलनमा रहेका छन् । पृथ्वीको उत्पत्ति ४.५४ अर्ब वर्ष पहिला भएको मानिन्छ । पृथ्वीमा  जीवनको प्रारम्भ भने १ अर्ब वर्ष पहिला मात्रै भएको हो । पृथ्वीमा प्रथम जीवनको  उत्पत्ति अजैविक तत्त्व’ (Abiotic  Components And Abiotic Factors )  ले भएको थियो ।

पृथ्वीको गति सम्बन्धी परिमाणात्मक जानकारीका लागि एकचोटि माथिको ग्रहहरुको संक्षिप्त विवरण तालिका हेर्नुहोस् । पृथ्वीको अक्षमा घुम्ने गति १६१० कि.मि./घण्टा रहेको छ । पृथ्वी आफ्नो अक्षमा  २३.४३९ डिग्रीमा ढल्केर सूर्यको परिक्रमा गर्दछ । पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पूर्वमुखी (Eastward) भएर घुम्दछ । त्यसैकारण सूर्य पूर्वबाट उदाउँछ । पृथ्वीले आफ्नो अक्षमा घुम्ने कारणले दिन र रात हुन्छ । सूर्यको परिक्रमा गर्ने कारणले वर्षभरिका ऋतुहरु परिवर्तन हुन्छन् । पृथ्वीमा सबैभन्दा लामो दिन जुन २१ मा हुन्छ । सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा हुन्छ । मार्च २३ र सेप्टेम्बर २३ मा दिन र रात बराबर हुन्छन् । हरेक चार वर्षमा ३६६ दिनको एक वर्ष हुने अधिक वर्ष (Leap Year) हुन्छ । हामी  बसेको पृथ्वीको सतहको सरदर तापमान  १५ देखि ३० डिग्री सेन्टिग्रेड रहेको भएपनि समुद्रसहितको सम्पूर्ण पृथ्वीको  सरदर तापमान भने १४ डिग्री सेन्टिग्रेड छ । पृथ्वीको यही सरदर तापमान वृद्धिलाई Global Warming भनिन्छ ।  पृथ्वीमा अहिलेसम्म प्राकृतिक रुपमा रेकर्ड गरिएको न्यून तापमान -९४.7 डिग्री र अधिकतम तापमान ५६.७ डिग्री सेल्सियस रहेको छ । पृथ्वीको सतहको गुरुत्वाकर्षण  बल ९.८०७ मिटर/सेकेण्ड रहेको छ ।

निजामती सेवाप्रतिको जनअपेक्षा

निजामती सेवाप्रति जनताको अपेक्षाको कुरो गर्दा म विशुद्द जनता र राष्ट्रसेवकलाई मात्रै जोडेर हेर्दिन । त्यतिलाई मात्र जोडेर हेरियो भने त्यसले ...