ब्रह्माण्ड सम्बन्धी जानकारी
ब्रह्माण्ड भनेको संसार हो । जहाँ प्रकृति, अन्तरिक्ष
र समय, पदार्थ र ऊर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि चलेको छ ।
ब्रह्माण्डभित्र सम्पूर्ण आकाश गंगा (Galaxy), तारा, ग्रह, उपग्रह आदि अटाएका छन् । ब्रह्माण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई
कस्मोलोजी (Cosmology)
भनिन्छ ।
सौर्यमण्डलः सूर्य, ग्रह, उपग्रह, तारा
ब्रह्माण्डमा लाखौं करोडौं ताराहरू मिली बनेका तारापुञ्जहरू हुन्छन् । सूर्य एउटा तारा हो र सूर्यलाई प्रमुख तारा मानी त्यसकै वरिपरि रही ग्रह, उपग्रह तथा उल्का पिण्डहरूले परिक्रमा गर्ने प्रणालीलाई सौर्यमण्डल भनिन्छ । ब्रह्माण्डमा जसरी तारा र तारापुञ्जहरु धेरै हुन्छन् त्यसरी नै अन्य प्रमुख ताराका सौर्यमण्डल पनि धेरै हुन सक्छन् । वैज्ञानिकहरुले अन्य थुप्रै ताराका सौरपरिवारबारे पत्ता लगाएका छन् । हाम्रो सबैभन्दा नजिकको अर्को सौर परिवार ''प्रोक्सिमा सेन्टउरी'' (Proxima Centauri) हो । तर सबैभन्दा प्रसिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रहेका छन् । पृथ्वी रहेको छ । पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्षमा परिक्रमा गर्दछ । अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन् । सौर्यमण्डलको बिचमा सूर्य रहेको छ । सूर्यको वरिपरि पृथ्वी लगायतका ग्रह, उल्का पिण्डहरु आदिले परिक्रमा गर्दछन् भन्ने कुरा पोल्याण्डका वैज्ञानिक निकोलस कोपर्निकसले सन् १५४३ मा पत्ता लगाएका हुन् ।
सूर्य
सूर्य हाम्रो सौर्यमण्डलको केन्द्रमा रहेको सबैभन्दा ठुलो तारा हो । यसको चारैतिर पृथ्वी लगायत अन्य ग्रह, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरूले परिक्रमा गर्दछन् । सूर्यको व्यास लगभग १३ लाख ४९ हज़ार किलोमिटर छ जुन पृथ्वीभन्दा लगभग १०९ गुणा बढी हो । सूर्यको संरचना करिब ७४% हाइड्रोजन, २५% हिलियम र बाँकि अन्य गर्हौं पदार्थहरु क्रमशः अक्सिजन, कार्बन, फलाम, निकेल, सिलिकन, सल्फर, मेग्नेसियम, नियोन, क्यल्सियम, क्रोमियम मिली बनेको छ । सूर्यको शक्ति न्युक्लियर फ्यूजन (Nuclear Fusion) को प्रक्रियाबाट उत्पन्न भएको हो । सूर्यबाट उत्पन्न ऊर्जाको २९ प्रतिशत अन्तरिक्षबाट परावर्तित हुन्छ, २३ प्रतिशत वातावरणले शोषेर लिन्छ र ४८ प्रतिशत मात्र पृथ्वीमा आइपुग्छ । पृथ्वीमा आएको मध्ये १७ प्रतिशत विकिरणका रुपमा अन्तरिक्षमा परावर्तित हुन्छ र २५ प्रतिशत पानीलाई वाफ बनाउने काममा प्रयोग हुन्छ । ५ प्रतिशत हावाका माध्यमबाट परावर्तित हुन्छ ।केही ऊर्जा रुख, वनस्पति तथा समुद्रले शोषेर लिन्छन् । वातावरणले शोषेर लिएको ऊर्जा समेत तीन वटै प्रक्रियाबाट अन्तरिक्षमा परावर्तित हुन्छ । सूर्यको आयू करिब ४ अर्ब ६० करोड वर्ष रहेको अनुमान गरिन्छ।
सूर्य र पृथ्वीका
बिचको औसत दूरी १४ करोड ८८ लाख किलोमिटर छ । सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न
८ मिनट २० सेकेण्ड समय लाग्दछ । सूर्यले पूर्वबाट पश्चिमतिर २७ दिनमा आफ्नो अक्षमा एक परिक्रमा
गर्दछ । जसरी पृथ्वी र अन्य ग्रह सूर्यको परिक्रमा गर्दछन् । त्यसैप्रकार सूर्यले
पनि आकाशगंगाको केन्द्र (Galactic center) को परिक्रमा गर्दछ । यो
परिक्रमा गर्न २२ देखि २५ करोड़ वर्ष लाग्ने गर्छ । यसलाई एक निहारिका वर्ष (Cosmic
Year) भनिन्छ । यसको परिक्रमा गर्ने गति २५१
किलोमिटर प्रति सेकेंड छ । सूर्यको प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ । प्रकाशले
एक सेकेण्डमा तीन लाख कि.मि. दुरी पार गर्छ । एक प्रकाश वर्ष भन्नाले ९५ खर्ब कि.मि. दुरी
बुझिन्छ ।
सूर्यको केन्द्रको
तापक्रम १ करोड ५० लाख डिग्री सेन्टिग्रेट छ । जबकि यसको देख्न सकिने सतहको
तापक्रम ५,५४० डिग्री सेन्टिग्रेट मात्र छ । सूर्य पृथ्वीको सबैभन्दा नजिकको तारा हो । वेद र पुराणमा सूर्यलाई सौर्यमण्डलको सर्वाधिक बलशाली ग्रह मानिन्छ । नवग्रहमध्ये सूर्यलाई विशेष मान्यता
दिइएको छ । सूर्यलाई शनिको पिता मानिएको छ ।
ग्रह
सूर्यको वरिपरि
परिक्रमा गर्ने र सूर्यको प्रकाशबाट चम्किने पिण्डहरूलाई ग्रह भनिन्छ । ग्रहहरुले
सूर्यको वरिपरि परिक्रमा गर्ने मार्गलाइ कक्ष (Orbit) भनिन्छ
र परिक्रमा गर्ने कार्यलाइ परिक्रमण (Circulation) भनिन्छ । ग्रहहरु एउटा काल्पनिक मार्गमा आफैमा घुम्ने गर्दछन् । आफैमा
घुम्ने मार्गलाइ अक्ष (Axis) भनिन्छ र आफैमा घुम्ने कार्यलाइ परिभ्रमण (Rotation) भनिन्छ । १ सेप्टेम्बर, २००६ मा यमलाई ग्रहको सूचीबाट हटाइएपछि हाल
सौर्यमण्डलमा ८ वटा ग्रहहरू रहेका छन् । ती ग्रहहरूको संक्षिप्त विवरण तलको
तालिकामा दिइएको छ ।
|
ग्रह |
व्यास (कि.मि.) |
सूर्यबाट दुरी
(कि.मि.) |
सूर्यलाई
परिक्रमा गर्न लाग्ने समय |
आफ्नो अक्षमा
घुम्न लाग्ने समय |
परिक्रमण गति |
उपग्रह |
विशेषता |
|
१. बुध (Mercury) |
४,९६० |
५ करोड ७६ लाख |
८८ दिन |
|
४८ कि.मि./से. |
० |
|
|
२. शुक्र (Venus) |
१२,३२० |
10 करोड ७६ लाख |
२२५ दिन |
२४३.०२ दिन |
३५ कि.मि./से. |
० |
पृथ्वीको
जुम्ल्याहा ग्रह |
|
३. पृथ्वी (Earth) |
१२,७५६ |
१४ करोड ८८ लाख |
३६५ दिन ५
घण्टा ४८ मिनेट ४५.५१ से. |
२३ घण्टा ५६
मिनेट ४.०९ से. |
२९.७८
कि.मि./से. |
१ |
|
|
4. मंगल (Mars) |
६,७२० |
२२ करोड ५६ लाख |
६८७ दिन |
२४ घण्टा ३७
मि. २२ से. |
२४ कि.मि./से. |
२ |
रातो ग्रह (Red Planet) |
|
५. वृहस्पति (Jupiter) |
१,४२,६८७ |
७७ करोड ७२ लाख |
१२ वर्ष |
९ घण्टा ५५ मि.
३० से. |
१३ कि.मि./से. |
६७ |
ग्रहहरूको
राजा (King
of Planets) |
|
६. शनि (Saturn) |
१,१३,६०० |
१ अर्ब ६२ करोड
९४ लाख |
२९ वर्ष |
१० घण्टा १४ मि. |
१० कि.मि./से. |
६२ |
सुन्दर
ग्रह, Yellow Planet |
|
७. अरुण (Uranus) |
५१,२०० |
२ अर्ब ८७ करोड
५० लाख |
८४ वर्ष |
१७ घण्टा १४ मि. |
६.४ कि.मि./से. |
२७ |
हरित ग्रह असफल ग्रह |
|
८. बरुण (Neptune) |
४८,००० |
४ अर्ब ४९ करोड
७० लाख ७० हजार |
१६४ वर्ष |
१६ घण्टा |
५.६ कि.मि./से. |
१४ |
जलदेवताको ग्रह |
बुध
एकातर्फ अति तातो र अर्को तर्फ
अति चिसो ग्रह बुध हो ।
शुक्र
Evening star र Morning star को उपनामले चिनिने, Carbon dioxide को वायुमण्डल भएको, सबैभन्दा चम्किलो र तातो ग्रह (४०० डिग्री से.) शुक्र हो । शुक्र ग्रहलाई Planet of Mystery, Goddess of love and beauty पनि भनिन्छ । पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह शुक्र हो।
पृथ्वी
जीवित जीवन रहेको एकमात्र ग्रह
पृथ्वी हो ।
मंगल
हालसम्म सबैभन्दा बढी अनुसन्धान गरिएको ग्रह मंगल हो । मंगल ग्रहका २ वटा उपग्रह फावोस र डिमोस रहेका छन् । सौर्य मण्डलको सबैभन्दा अग्लो पर्वत Olympus Mons मंगल ग्रहमा रहेको छ ।मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो यान भाइकिङ्ग-१ (सन् १९७६) हो ।
बृहस्पति
सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह गेनिमेड वृहस्पति ग्रहको उपग्रह हो ।
शनि
वायुमण्डल घेरा Ring ले घेरिएको ग्रह शनि हो । टाइटन शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह हो ।शनि ग्रहलाई पत्ता लगाउने बैज्ञानिक ग्यालिलियो हुन् ।
अरुण
यस ग्रहमा औषत तापक्रम -195 डिग्री सेन्टिग्रेड रहेको छ । अरुण ग्रहको नाम रोमन देवता शनिका पिताको नामबाट राखिएको हो । यो ग्रहको रङ आकाशे नीलो रङको रहेको छ ।
बरुण
बरुण सबै भन्दा चिसो ग्रह हो । यसको तापक्रम -201 डिग्री सेन्टिग्रेड रहेको छ । बरुण ग्रहले सन् १८४८ मा शुरु गरेर सन् २०११ मा सूर्यको १ पटक परिक्रमा गरेको छ । आफ्ना उपग्रहहरूले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह बरुण हो ।
- अरुण र बरुण दुवै ग्रहको वायूमण्डलमा मिथेन ग्याँस रहेको छ ।
- बुध, शुक्र, पृथ्वी र मंगल भित्री ग्रह हुन् भने बृहस्पति, शनि, अरुण र बरुण बाहिरी ग्रह हुन् ।
- भित्री ग्रहमा मात्र ठोस धरातल छ । बाहिरी ग्रहमा ग्याँस धरातल रहेको छ ।
उपग्रह
ग्रहहरुको परिक्रमा गर्ने आफ्नो प्रकाश नभएका कारण सूर्यको प्रकाशबाट चम्किने आकाशीय पिण्डलाई उपग्रह भनिन्छ । सौर्यमण्डलमा १६६ वटा ज्ञात प्राकृतिक उपग्रहहरु रहेका छन् । पृथ्वीमा धेरैथरी मानवनिर्मित उपग्रह समेत रहेका छन् । बुध र शुक्र ग्रहका उपग्रह छैनन् । वृहस्पति ग्रहको उपग्रह गेनिमेड सबैभन्दा ठुलो र मंगल ग्रहको उपग्रह डिमोस सबैभन्दा सानो उपग्रह हो । ग्रहहरुका उपग्रहको संख्या माथिको तालिकाबाट अध्ययन गर्न सकिन्छ ।
तारा
ताराहरुको आफ्नै प्रकाश हुन्छ । पुच्छ्रेतारालाई ‘Long haired Star’ भनिन्छ । कुनै ब्यक्तिको जीवनकालमा दुई पटकसम्म देख्न सकिने एक मात्र पुच्छ्रेतारा हेली कमेट हो । पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई सप्तर्षी भनिन्छ । पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा साईरस Dog Star हो । पृथ्वीबाट देखिने सबै भन्दा ठुलो तारा Betelgeuse हो । ताराहरुलाई ज्योतिष शास्त्रमा नक्षत्र भनिन्छ । यिनीहरुको वास्तविक संख्या २७ रहेकोमा दुईटालाई अलिअलि टुक्र्याएर संख्या २८ बनाईएको पाइन्छ ।
- अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय फ्रान्सको पेरिसमा रहेको IAU (International Astronomical Union) हो । यसको स्थापना सन् १९१९ मा भएको हो ।
पृथ्वी (Earth) ः परिचय,
उत्पत्ति र गति
सौर्यमण्डलको एक मात्र जीवन भएको ग्रह पृथ्वी हो । पृथ्वीको आकृति केही चेप्टो
अण्डाकार रहेको छ । पृथ्वीको भूमध्यरेखीय व्यास (Diameter ) १२ हजार ७४२ कि.मि. एवं ध्रुवीय व्यास (Polar Diameter ) १२ हजार ७१४ कि.मि. र औसत व्यास (Equatorial
Diameter ) १२ हजार ७५६
कि.मि. रहेको छ। पृथ्वीको परिधि ४०,०७५ कि.मि. रहेको छ । पृथ्वीमा सबैभन्दा अग्लो स्थान (८,८४८ मिटर उचाई भएको सगरमाथाको चुचुरो) र सबैभन्दा होचो स्थान
(समुन्द्री सतह भन्दा १०,९११ मिटर मुनि मारियाना
ट्रेन्च) रहेको छ । पृथ्वीमा अधिकतम्
तापक्रम 56.7 डिग्री सेल्सीयस रहेको छ । त्यसकारण यस ग्रहमा जीवन रहेको छ । पृथ्वीको
एउटा उपग्रह रहेको छ । जसलाई चन्द्रमा भनिन्छ । यो पृथ्वीवाट केवल ४ लाख कि.मि. टाढा
रहेको छ । चन्द्रमाले पृथ्वीलाई २९ दिन १२ घण्टामा एकपटक परिक्रमा गर्न सक्छ । यस अवधिमा प्रतिपदादेखि औंसीसम्मको समय व्यतित हुन्छ । गोलो पृथ्वीको सतहको कूल क्षेत्रफल
५१ करोड ७२ हजार वर्ग कि.मि. छ । यस क्षेत्रफलको ७०.८ प्रतिशत भाग ठुलठूला
महासागरले ओगटेका छन् । महासागरले ओगटेको भागको क्षेत्रफल झण्डै ३६ करोड़ ११ लाख ३२
हजार वर्ग कि.मि. छ । बाँकी १४ करोड़ ८९ लाख ४० हजार वर्ग कि.मि.
(२९.२ प्रतिशत) मात्रै जमीन
छ । पृथ्वीमा पानीले घेरिएको भाग दक्षिणी गोलार्द्धमा
बढी छ ।
पृथ्वीको आन्तरिक संरचना स्थलमण्डल, मध्यमण्डल र केन्द्रमण्डल गरी बनेको छ । हाम्रो पृथ्वीको भित्री
केन्द्र भागमा सूर्यको सतह जत्तिकै तातो फलाम लगायतको एशिया महादेश जत्रै ठुलो
चापले गर्दा ठोस बनेको विशाल पदार्थ छ । त्यसलाई केन्द्रमण्डल भनिन्छ । त्यसमाथि मध्यमण्डल
(Mantle) भनिने अर्को तह छ । जसमा Radioactive Uranium पनि छ । त्यही तहले त्यो भन्दा माथिको सतहको पदार्थलाई
पगालेर तरल बनाएको छ । त्यही पग्लेको तरल
पदार्थमाथि केही बिशाल चाक्ला (Plates) हरु तैरिरहेका छन् । त्यसमाथि पृथ्वीको सतह देखि ६० किलोमिटर
भित्रसम्मको स्थलमण्डल
भागमा हजारौं हजार बर्षसम्म पत्र–पत्र जमेर
वनेको पत्रे चट्टान पाइन्छ । जहाँमाथि हामी बसोबास गर्दछौं । पृथ्वी
सबैभन्दा बढी घनत्व भएको ग्रह हो । पृथ्वीको गर्भभित्र जम्मा भएर रहने तापशक्तिलाई
भू–तापीय शक्ति (Geothermal Energy) भनिन्छ ।
पृथ्वीको उत्पत्ति बारे विभिन्न विद्वान तथा वैज्ञानिकहरुले विभिन्न
किसिमका विचार व्यक्त गरेका छन् । जसका धार्मिक र वैज्ञानिक दृष्टिकोणहरू छन् ।
धार्मिक दृष्टिकोण पूर्णरूपले मान्य नभए तापनि वैज्ञानिक दृष्टिकोण केही मात्रामा
सत्यको नजीक देखिन्छन् । हिन्दु धर्मशास्त्रमा पृथ्वीको उत्पत्ति ब्रह्माले गरेको भनी
उल्लेख गरिएको छ । फोनेसियाका निवासीहरू पृथ्वीको उत्पत्ति सूर्यले तयार पारेको
गोलो वस्तुवाट भएको मान्दछन् । मिश्रका प्राचिन वासिन्दाहरू “शु“ नामको देवताले
समुद्रबाट निस्केको फूललाई दुई भाग गरी स्वर्ग र पृथ्वीको सृष्टि गरेको मान्दछन्
। पृथ्वीको उत्पत्ति सम्बन्धमा कान्टको वायवीय राशी सिद्धान्त (The Gaseous Theory), जेम्स जिन्सको ज्वारीय सिद्धान्त (The Tidal Theory),
अटो
स्मिडको इन्टर स्टेलर धुलीय सिद्धान्त (Otto Schmidst’s
Inter Stedlor Dust Hypothesis), बफनको धूमकेतु-सूर्य टकराव सिद्धान्त (Comets Collision with the Sun Theory) आदि प्रचलनमा रहेका छन् । पृथ्वीको उत्पत्ति ४.५४ अर्ब वर्ष पहिला भएको मानिन्छ । पृथ्वीमा जीवनको प्रारम्भ भने १ अर्ब वर्ष पहिला मात्रै
भएको हो । पृथ्वीमा ‘प्रथम जीवन’ को उत्पत्ति ‘अजैविक तत्त्व’
(Abiotic Components And Abiotic Factors ) ले भएको थियो ।
पृथ्वीको गति सम्बन्धी परिमाणात्मक जानकारीका लागि एकचोटि माथिको ग्रहहरुको संक्षिप्त विवरण तालिका हेर्नुहोस् । पृथ्वीको अक्षमा घुम्ने गति १६१० कि.मि./घण्टा रहेको छ । पृथ्वी आफ्नो अक्षमा २३.४३९ डिग्रीमा ढल्केर सूर्यको परिक्रमा गर्दछ । पृथ्वी आफ्नो अक्षमा पश्चिमबाट पूर्वमुखी (Eastward) भएर घुम्दछ । त्यसैकारण सूर्य पूर्वबाट उदाउँछ । पृथ्वीले आफ्नो अक्षमा घुम्ने कारणले दिन र रात हुन्छ । सूर्यको परिक्रमा गर्ने कारणले वर्षभरिका ऋतुहरु परिवर्तन हुन्छन् । पृथ्वीमा सबैभन्दा लामो दिन जुन २१ मा हुन्छ । सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा हुन्छ । मार्च २३ र सेप्टेम्बर २३ मा दिन र रात बराबर हुन्छन् । हरेक चार वर्षमा ३६६ दिनको एक वर्ष हुने अधिक वर्ष (Leap Year) हुन्छ । हामी बसेको पृथ्वीको सतहको सरदर तापमान १५ देखि ३० डिग्री सेन्टिग्रेड रहेको भएपनि समुद्रसहितको सम्पूर्ण पृथ्वीको सरदर तापमान भने १४ डिग्री सेन्टिग्रेड छ । पृथ्वीको यही सरदर तापमान वृद्धिलाई Global Warming भनिन्छ । पृथ्वीमा अहिलेसम्म प्राकृतिक रुपमा रेकर्ड गरिएको न्यून तापमान -९४.7 डिग्री र अधिकतम तापमान ५६.७ डिग्री सेल्सियस रहेको छ । पृथ्वीको सतहको गुरुत्वाकर्षण बल ९.८०७ मिटर/सेकेण्ड रहेको छ ।

No comments:
Post a Comment